दफा ३०
बीमा गरिएको हुलाक बस्तुहरुको सम्बन्धमा नेपाल सरकारको दायित्व
: तोकिएका शर्त र बन्देजहरुको अधीनमा रही बीमा गरिएको हुलाक वस्तुमा वा त्यसभित्रको कुनै चिज वस्तु हुलाकबाट चलान गर्दाको अवस्थामा हराएमा वा नोक्सान भएमा सो हुलाक वस्तु जति रकममा बीमा गराएकोछ सो अंकमा नबढाई त्यतिसम्म क्षतिपूर्ति पठाउनेलाई दिने दिलाउने दायित्व नेपाल सरकारको हुनेछ ।
तर कुनै हालतमा पनि हराएको वा नोक्सान भएको वस्तुको वास्तविक मूल्यभन्दा बढी क्षतिपूर्ति दिनु पर्ने छैन ।